logo
  • २०८२ असार ३० | Mon, 14 Jul 2025
  • भारतीय सेनाध्यक्ष पाण्डे जङ्गी अड्डामा

    भारतीय सेनाध्यक्ष पाण्डे जङ्गी अड्डामा

    काठमाडौं,२० भदौ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्।

    प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

    सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए प्रधानसेनापति शर्मा र सेनाध्यक्षबीच  भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।  सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०७९ भाद्र २०, सोमबार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट