logo
  • २०८२ श्रावण २ | Fri, 18 Jul 2025
  • सुपर लघुवित्त समस्याग्रस्त, संचालकले नै नक्कली ऋणी खडा गरे

    सुपर लघुवित्त समस्याग्रस्त, संचालकले नै नक्कली ऋणी खडा गरे

    नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाको संचालक समिति अध्यक्ष तथा सदस्यहरुले नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरेको पाइएपछि सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो ।

    नेपाल राष्ट्र बैंकले संस्थाको गत असोज मसान्तको वित्तीय विवरणका आधारमा समस्टिगत स्थलगत निरीक्षण गरेको थियो । यसरी निरीक्षण गर्दा कैफियत देखिएपछि राष्ट्र बैंकले विशेष निरीक्षण गरेको थियो । यस्तो निरीक्षणबाट संस्थाका संचालक समिति अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भइ संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरिएको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    यस्तै, संस्थाको पुँजीकोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको राष्ट्र बैंकले संस्थालाई गत चैतमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । संस्थाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०७९ भाद्र २२, बुधबार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट