महेश सिंह सिरहा लहान ७ कार्तिक – चार्ड पर्व लाई लक्षित गरी लहानका उप-प्रमुख राम चलितर महतोको अनुगमन समितिद्वारा स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन सुरु गरेका छन्। लहान ३ स्थित संचालनमा रहेको प्रादेशिक अस्पताल लहानले बर्सौ बर्ष देखि बदनाम हुदै गरेको अबस्था रहिएको छ्।
गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा लहानका उप प्रमुख राम चलितर महतोको अनुगमन समितिद्वारा अनुगमन गरिएका छन्। लहान अस्पतालले बन्दनाम हुँदै गरेको अवस्था लाई मध्य नजर गर्दै उप प्रमुखको अनुगमन समितिद्वारा लहान अस्पताल र सप्तऋषि अस्पताल लगायतका अस्पतालहरुमा अनुगमन गरिएकाम छन्।
अनुगमन समितिमा लहान नगरपालिकाको उप प्रमुख राम चरीतर महतो,घरेलु तथा साना उघोग कार्यालयको प्रतिनिधि, पशुपति कार्यालय लहान प्रमुख ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि नेपाल पत्रकार महासंघ सिरहा सखाका सभापति मनोज बनैता,वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता,पत्रकार महेश सिंह लगायतका पत्रकारहरुको अन्नुगमनमा उपस्थिति रहेको थियो।
उप प्रमुख महतोले लहान अस्पतालका बिरामीहरुलाई सोधपुछ र भेट्घाट संगै अस्पतालका हरेक पक्षमा सुधार गर्नु पर्ने अस्पताल प्रमुख शुनिल प्रसाद कुशवाहालाई १ महिना भित्रमा सरसफाई देखि लिएर अस्पतालको हरेक पक्षमा सुधार गर्न निर्देशन दिएका हुन्। प्रत्येक महिनाको २ पल्ट लहानमा अनुगमन गर्ने निर्णय गरिएका छन्।अनुगमनमा म्याद गुजरिएका औषधी, लगायत कुनै बस्तु भाउ फेला परेमा कानुन बमोजिम कार्बाही गरिने उप प्रमुखले बताए
प्रतिक्रिया