logo
  • २०८२ असार ३२ | Wed, 16 Jul 2025
  • बिकास र निकासको लागी स्वतन्त्र उमेदवारी

    बिकास र निकासको लागी स्वतन्त्र उमेदवारी

    लहान, ३० कात्तिक । ‘विकास र निकासको लागि युवाको नेतृत्व’ भने मुल नाराका साथ सिरहा क्षेत्र १ बाट प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार रामध्यान महतोप्रति मतदाताको आकर्षण बढ्न थालेको छ ।

    उम्मेदवार महतोले लहान अस्पताल, ठाडी भगवानपुरको बजार, खुट्टी बलान नदी कटान नियन्त्रण, विद्यालय सुधार, मलखाद्य सिँचाईको व्यवस्था, युवा स्वरोजगार, भ्रष्टाचारको अन्त्य, दाइजो अन्त्य, मजदुर किसानको समस्या समाधान, महिला सशक्तिकरण, बाल मनोविज्ञान र व्यापार व्यावसायलाई स्तरोन्नती गर्ने जस्ता स्थानीय मुद्दा उठाएपछि रामध्यान महतोप्रति मतदाताको ध्यानाकर्षण बढेको छ।

    हेल्मेट छापबाट चुनाव उठेका महतोले ‘दलगत भ्रष्टाचारीको विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी रहेको छ ।मलाई चुनाव जिताएर पठाउँनुस् ।यो स्थानीयस्तरको समस्या जसरी पनि पुरा गर्ने मेरो प्रतिबद्धता छ ।’ उनले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ कार्तिक ३०, बुधबार ०१:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट