logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • परिषद्अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने

    परिषद्अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले परिषद्अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने निर्णय गरेको छ।

    परिषद्को आइतबार बसेको बोर्ड बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय गरेको हो। बैठकले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदलाई भब्य रूपमा सफल पार्न सबै प्रदेश र केन्द्र एकसाथ अघि बढ्ने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

    बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको उनले बताए। उनले नवौं राष्ट्रिय खेलकुदका सबै खेललाई गण्डकी प्रदेशमा नै गराउने तयारी रहेपनि केही प्राविधिक कठिनाई आए अन्य स्थानमा पनि खेलाउन सकिने जिकिर गरे।

    बैठकले खेलाडी छात्रवास निर्माण र एनएनसी फिट्नेश सेन्टरको स्थापना गर्ने निर्णय पनि गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०७९ श्रावण १७, मंगलवार ०८:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट