महेश सिंह सिरहा लहान १५ मंसिर – वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर १पिपरा बस्ने करिब अन्दाजी ४५ बर्षको जिबछ साफी वैदेशिक रोजगारीको लागी ३ बर्ष अगाडि साउदी अरेबिया गएका थिए।
छुट्टीमा घर आएर बिदेश फर्केको १ बर्ष न बित्दै सडक दुर्घटनामा परेर साफीलाई मृत्यु भएको छ्। डिउटीमा जाने क्रममा गाडी चढ्दै गरेको बेलामा गाडीले ठकर दिदा साफीलाई घटना स्थलमै२०७९ भदौ १३ गते मृत्यु भएको हो।
मृतकको श्रीमती पवन देबी साफी श्रीमानको शोकमा डुबेका छन्। पीडित श्रीमती साफीलाई ३ छोरा र २ छोरी छिन।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित महिलालाई
सन नेपालका शखा कार्यालय लहानमा बोलाएर क्रिया खर्च सहित १४ लाखको चेक हस्तान्तरण गरेको छ्।बिमा अभिलेख नम्बर FE१०००१२३५८६ नम्बर रहेको हो। मृत्यु दाबी भुक्तानी अन्तर्गत १४ लाख आर्थिक सहयोग गरेको हो। आर्थिक भुक्तानी लिएर पवन देवी साफीले छोरा श्याम बालक साफी संग घर फर्किएका छन्।
प्रतिक्रिया