logo
  • २०८२ असार २३ | Mon, 07 Jul 2025
  • प्रदेशकै सान सुरुङ्गा नगरपालिकाबालबिवाह मुक्त घोषणा

    प्रदेशकै सान सुरुङ्गा नगरपालिकाबालबिवाह मुक्त घोषणा

    महेश सिंह सिरहा लहान १५ मंसिर – सप्तरीको सुरुङ्गा नगरपालिका पुर्ण रूपमा बालबिवाह मुक्त घोषणा भएको छ्। बृहत रूपमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरेका छन्।मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगरको रूपमा घोषणा गरिएको छ।नगर प्रमुख गिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सप्तरी क्षेत्र ४ बाट नवनिर्वाचित तेजुलाल चौधरीले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

    सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले बुधवार आयोजना गरेको एक समारोहबीच नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर घोषणा गर्नु भएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बताए।

    नगरपालिकामा जम्मा ११ वाटा रहेका छन। बालविवाहको घटना तथ्याङ्क,उजुरी,बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा बालविवाह मुक्त नगर घोषणा गरिएको नगरप्रमुख गीता चौधरीले जनाए।
    पालिकामा बढदै गएको बालबिवाहको घटनालाई लक्षित गरि छिट्टै पालिका घोषणा गरेका हुन्।

    पछिल्लो समय नगरपालिकामा बढदै गएको बालबिवाहका घटनाले समाजमा निकै बिकृती फैलिएका थिए। बालबिवाह विरुद्धका जनचेतना मुलुक सडक नाटक लगायतका कार्यक्रमहरु सव नेपालले चलाएको सव नेपालका शिक्षा शखा प्रमुख राधेश्याम रामले जानकारी दिनु भयो।

    मधेस प्रदेशमा पहिलो पल्ट बालबिवाह मुक्त घोषणा भए पछि स्थानीय सबै बर्ग समुदायमा उत्साहित भएका स्थानीय बिध्यान्द चौधरीले जनाए।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर १५, बिहीबार १७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट