logo
  • २०८२ बैशाख ३० | Tue, 13 May 2025
  • महेश सिंह सिरहा लहान २५ मंसिर – सिरहाको लहानमा निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।प्याब्शनको जिल्ला अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो।

    बिशिस्ट अतिथिमा बिष्णु न्यौपाने र प्रदेश सल्लाहकार मुरारी प्रसाद शाह रहनु भएको थियो।अतिथिहरुमा जिल्लाको बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादव,रामानन्द गुप्ता मनोज सिंह,भरत यादव,लाली कुमार यादव,उपेन्द्र चौधरी,प्रदिप यादव लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेको थियो।

    बिना टिसिको भर्ना गर्ने स्कुललाई कार्वाही गर्ने छौँ।राष्ट्रिय मुद्दाहरुमा अवाज उठाउनु जरुरी रहेको बताए। राज्यले निजि बिधालय प्रति कठोर भइदिन्छ।बिधालयहरुलाई उत्साही हुनुपर्छ भने कुरामा जोड दिएका थिए।सिरहाका बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादवका अनुसार बन्द शत्रमा सचिब र कोषा अध्यक्षको प्रतिबेदन सर्बसहमतिबाट पारित भएको हो।

    सिरहाका करिब १८६ वाटा निजि तथा अवाश्य बिधालयहरु प्याब्सनमा आबद्ध रहेका छन्।कार्यक्रममा दर्जनौं पब्लिकेसन का प्रतिनिधिहरुलाई सम्मान गरेका थिए।जिल्ला अध्यक्ष उमेश चौधरीले आउने दिनमा यस्तै भब्यताको साथ कार्यक्रमहरु सफलताको सुभ कामना दिदै कार्यक्रमको समापन गरेको थियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर २५, आईतवार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट