logo
  • २०८२ जेष्ठ ३ | Sat, 17 May 2025
  • सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५ लाख मृत्यु दाबी भुक्तानी

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५ लाख मृत्यु दाबी भुक्तानी

    महेश सिंह सिरहा लहान २८ मंसिर – अल्पआयुमै मृत्यु भएका धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ उमाटोल का बिमलेश ठाकुर बरहीको आफनै जन्म स्थान धनुषामा २०७८ बैशाख १ गते अचानक अल्पआयुमै मृत्यु भएको थियोे।घरको आर्थिक अवस्था निकै कमजोर रहेको ठाकुर चिरान मिलमा काठको काम गरेर जिविको पार्जन गर्दै आएका थिए।

    ठाकुरको मृत्यु भए पछि उनको श्रीमती प्रेमशिला शर्मालाई घर परिवार चलाउन निकै कठिन भएका छन्।श्रीमानको शोकमा डुबेका शर्मालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित महिला शर्मालाई क्रियाखर्च वाप्त ५ लाख १३ हजार आर्थिक सहयोग गरिएका छन्।

    प्रबन्धक महतोले पीडितलाई खोजीखोजी मृत्यु दाबी भुक्तानी दिने गरेका छन्।प्रबन्धक महतो पुर्ण रूपले धार्मिक ब्यक्ती हुन्।मृतक ठाकुरलाई श्रीमती र २ छोरा छन्।मृतक ठाकुरले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर २०४०००००००७० रहेका छन्।

    अभिकर्ता बिना साह र पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंककको ५ लाख बराबरको चेक पीडित महिला शर्मा र जेठो छोरा सरोज ठाकुरलाई हस्तान्तरण गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर २७, मंगलवार १५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट