logo
  • २०८२ बैशाख ३० | Tue, 13 May 2025
  • लहानमा दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

    लहानमा दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

    महेश सिंह सिरहा लहान ९ पुष – सिरहाको लहान नगरपालिका भित्रका ९ नौ वाटा बिधालयका विद्यार्थीहरुलाई आत्महत्या र शैक्षिक स्तर उकास्नको लागी मनो परामर्श तालीम दिएका छन्।सिबिएमको आर्थिक सहयोग र लहान नगरपालिकाको सहकार्य र सिएमसी नेपालले आयोजना गरेको कार्यक्रममा करिब ४० जना बालबालिकाहरुको उपस्थिति रहेको थियो।

    सिएमसी नेपालले देशका अधिकांश जिल्लाका स्थानीय तह र गाउँपालिका र नगरपालिकाहरुमा शैक्षिक क्षेत्रमा सुधारका लागी मनोपरामर्श सम्बन्धि काम गर्ने गरेका छन्। विद्यार्थीहरुलाई आम्तबल बढाउन र शैक्षिक स्तर उकास्न सिएमसी नेपालले निरन्तर शिक्षा स्वास्थ क्षेत्रमा मानसिक स्वास्थ सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छन्।

    लहानका २१ वाटा बिधालयमा मानसिक स्वास्थ सम्बन्धि कार्य गर्दै आएका छन्।सिएमसी नेपालले शिक्षा उकास्न निकै कार्यक्रमहरु संकलन गर्दै आएका छन्।तालीममा सिएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठ र लहान नगर परामर्श कर्ता रेखा चौधरी,संगिता कर्ण लगायतका सहज कर्ताहरुले कार्यक्रमको सहजीकरण गरेका थिए।          सभागी विद्यार्थीहरुका अनुसार हामी जस्ता विद्यार्थीहरुको लागी निकै प्रभावकारी भएको प्रसंसा गरेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ पुष ९, शनिबार १५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट