logo
  • २०८२ श्रावण २ | Fri, 18 Jul 2025
  • नवनिर्बाचित सांसद एकनाथ ढकालद्वारा हार्दिक आभार ब्यक्त

    नवनिर्बाचित सांसद एकनाथ ढकालद्वारा हार्दिक आभार ब्यक्त

    काठमाडौं ९ पुष- प्रतिनिधि सभाको निर्बाचन २०७९ मा समानुपातिक निर्बाचन प्रणाली मार्फत प्रतिनिधि सभाका सदस्यमा निर्बाचित भइ पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ।

    देशको कानुन निर्माण गर्ने जस्तो गरिमामय सांसद पदको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्पूर्ण मतदाता, नेकपा एमाले, नेपाल परिवार दल र सुभेच्छुक सबैमा हार्दिक आभार ब्यक्त गर्दछु।नेपाल परिवार दलले बिगत पाँच बर्ष देखि निरन्तर नेकपा एमाले संगको सहकार्य गर्दै आएको हो र आगामी दिनहरुमा पनि राष्ट्रिय आबस्यकता अनुसार हाम्रो सहकार्यले निरन्तरता पाउने छ।

    संसदको यस कार्यकाल नेकपा एमालेको संसदीय दलको एक जिम्वेवार सदस्य भएर आफ्नो भूमिका निर्वाह गर्नेछु। राष्ट्रियताको संरक्षण, शुशासन,संमृद्धि, नेपालीको एकता, असल मुल्यमान्यताको जगेर्ना, सु-संस्कृत समाज निर्माण र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको लागी मेरो पहलकदमी रहने छ।

    मेरो यो तेश्रो कार्यकालमा मुलभूत रुपमा जनसरोकारका अत्यन्त जरुरि सावालहरुको सम्बोधनलाइ प्राथमिकता दिनेछु। सम्पूर्ण नेपालीको साझा जन प्रतिनिधिको रुपमा कार्य सम्पादन गर्न सबैको सहयोग र सल्लाहको अपेक्षा गरे छ् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ पुष ९, शनिबार १६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट