महेश सिंह सिरहा लहान १४ पुस- पुस्तौ पुस्ता देखि नेपाली समाजमा सकृय रहेको धामीझाँक्री प्रतिको बिश्वास्नीयता कायम नै रहेको छ।सिएमसी नेपालले सिरहाका करिब एक दर्जन धामीझाँक्रीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएका छन्।
परिवर्तन मुखी समाजमा सदियौ देखि जरा गारिएको धामीझाँक्री बास्तबीक के हो भने विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।अहिले पनि सर्प दंन्श,चम्ररोग,मोहनी,हाथ खुट्टा दुखेको,निस्नतान दामती, लगायतका ब्यक्तीहरुले धामीझाँक्रीकोमा भिड लाग्ने गरेको छ् ।
प्रमपरा देखि मान्दै आएको धामीझाँक्री प्रतीको बिश्वासनीयता अहिले पनि कायम नै रहेको स्थानीयले बताउँछन्।औसधि पसल अस्पताल भन्दा धामीझाँक्रीले लगाउने मोहीमा तान्त्रिक उपचारमा बिरामीको भिड लागने गरेको छ। मनोकान्छा पुरा भए पछि भाकल गरेको बस्तु चढाउने चलन कायमै नै रहेको बताए।
बिहीबारको एक दिने अन्तरक्रिया कार्यक्रमा दर्जनौं धामीझाँक्रीहरुसंग सिएमसी नेपालका लहानका परामर्श कर्ता रेखा चौधरीले अन्तरक्रिया कार्यक्रममा विशेष छ्लफल गरेको थियो।
प्रतिक्रिया