logo
  • २०८२ जेष्ठ २९ | Thu, 12 Jun 2025
  • तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

    तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

    काठमाडौं, ३ माघ । नाबालिका बलात्कार आरोमा कारागारमा रहेका अभिनेता पल शाहलार्ई तनहुँ जिल्ला अदालतले सफाई दिएको छ ।

    आज भएको सुनुवाईमा अदालतले शाहलाई सफाई दिएको हो ।मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार आरोपमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

    एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ माघ ३, मंगलवार १७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट