logo
  • २०८२ जेष्ठ ३ | Sat, 17 May 2025
  • लहानमा १६ औं बलिदानी दिवस मनाए

    लहानमा १६ औं बलिदानी दिवस मनाए

    महेश सिंह सिरहा लहान ६ माघ – मधेस जनबिद्रोहको उदगम स्थान सिरहाको लहानमा भब्य रूपमा बलिदानी दिवस मनाएका छन्। नेपालमा मधेसी र मधेसको हक अधिकारको लागी मधेस आन्दोलनमा सयौं युवाहरूले बलिदानी दिए। पहिचान सहितको संघियता,अधिकार सुनिश्चितताको लडाइँ निकै उत्कषमा पुगे।

    मधेसबादी राजनीति दलहरुले माघ ५ गतेका दिन सिरहाको लहानमा बलिदानी दिवस मनाउन ठुल-ठुला राजनिती पार्टीका नेता कर्याकर्ताहरुको भिड लागने गरेको छ। सहिद मेला अर्थात बलिदानी दिवस मनाउन लहानमा राजनीति दलका नेता कर्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे।

    नेताहरुले सहिदहरु प्रति श्रधा सुमन गरी अबिर र माला अर्पन गर्ने गरेका छन्। प्रत्येक बर्ष माघ लागे पछी नेताहरुमा सहिदको सम्झना आउने गरिएको छ।दही मेलामा मधेस केन्द्रित राजनीति दल जनमत पार्टी, जसपा नेपाल, नेपाल सदभावना पार्टी,लोकतान्त्रिक समाजवादी लगायत मधेस केन्द्रित राजनीति दलका नेता कर्याकर्ताहरुको उपस्थिति रहेको थियोे। मधेस केन्द्रित दलहरुले शहिद पार्कमा माल्यार्पण, सिरहाका सम्पुर्ण शहिद परिवार संग भेटघाट र सम्मान गरिए अवस्था रहेको स्वराजी नेता सुदिप राज कुशवाहाले जनाए।

    मधेस जन आन्दोलनका प्रथम सहिद रमेश महतोको घर सिरहाको नवराजपुर गाउँपालिकामा दहिदका आमा बुबालाई भेट्न नेताहरुले जाने गरेको छ्। सहिद परिवारको पिडा छुट्टै दुखदाई र कहाली लागदो रहेको छ।

    जसपाका नेताहरुमा पुर्व मन्त्री शुरेश मंण्डल, प्रदेश सांसद राज कुमार राजु गुप्ता,सांसद ललिता दास,लहान नगरपालिकाका उप प्रमुख तथा युवा नेता राम चलीतर महतो,परियाग लाल यादव, दिपेश यादव,नागेन्द्र यादव,दिपेन्द्र यादव,सोनेलाल यादव,जनमत पार्टीका नेता तथा सांसद बासु महतो,बालवीर यादव,बुधन मंण्डल र सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतो लगायतका नेताहरुले सहिद मेलामा उपस्थित भएका थिए।

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ माघ ६, शुक्रबार ०१:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट