logo
  • २०८२ असार ३० | Mon, 14 Jul 2025
  • सिरहामा भाया नेटको प्रभाव घटदै कर्मचारीद्वारा कार्यालयमा तलाबन्दी

    सिरहामा भाया नेटको प्रभाव घटदै कर्मचारीद्वारा कार्यालयमा तलाबन्दी

    महेश सिंह सिरहा लहान १८ माघ – बिगत केहि बर्ष देखि लहानमा कार्यालय संचालन गरी सिरहाका जनतालाई नेटको सेवा प्रवाह गर्दै आएका भाया नेटमा कार्यरत रहेका कर्मचारीहरुलाई काम गराएर अफिसले सेवा सुबिधा नदिदा कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी गरेका छन्।

    भाया नेट कमनिकेशन लिमिटेडमा कर्मचारीहरुले तलाबन्दी गरिएका छन्।बिगत लामो समय देखि कम्पनीले कर्मचारीहरुलाई ठग्दै आएका हुन्।कर्मचारीहरुलाई काम गरे बापत हुन् जाने प्रोत्साहन भत्ता लगायत अन्य सेवा सुबिधाबाट कटाैती गरेका कम्पनीले कर्मचारीहरुको एक समुहले बाध्यता बस कार्यालयमा तलाबन्दी गरिएका छन्।

    सोही कम्पनीको लहान शाखामा कार्यरत गाडी चालक तथा साईबर टिमका सदस्य मो.सलाम मियाँको नेतृत्वमा तालाबन्दी भएको हो।भाया नेटका लहान शाखाका प्रमुख शुलिल कुमार कुशवाहाका अनुसार आफू केहि हप्ता भित्र सेवा सुबिधा उपलब्ध गराउने भने पछि कर्मचारीहरुले नमानिएको र उल्टै काम गरेको सेवा सुबिधा कम्पनीले आफैं समयमा उपलब्ध गराउनु पर्नेमा हामीलाई भिख मागे झै माग्नु पर्ने अवस्था भएकोले बाध्यता बस हामी कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेको बताए।

    यस्तो बिबादीत रहियो भने सिरहा लहानमा भाया नेटको ग्राहक बिगरिने र कम्पनी घाटा जाने कर्मचारीहरुको भनाइ रहेको छ्।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ माघ १८, बुधबार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट