logo
  • २०८२ बैशाख ३० | Tue, 13 May 2025
  • लघुबित विरुद्ध धनगढीमाई नगरपालिकामा आन्दोलन दर्जनौं लघुबितमा तालाबन्दी

    लघुबित विरुद्ध धनगढीमाई नगरपालिकामा आन्दोलन दर्जनौं लघुबितमा तालाबन्दी

    महेश सिंह सिरहा लहान २५ बैशाख – सिरहाको धनगढीमाई नगरपालिकामा लघुबित विरुद्ध आन्दोलन गरेका छन्। लघुबितबाट बर्शौ बर्षदेखी पीडित रहेका महिला पुरुषहरुले आन्दोलन थालेका छन्।जिरोमाईलबाट सुरु भएको शान्तिपुर्ण आन्दोलन पालिका तताएका थिए।

    नेपाल सरकार संग नवसामन्तीको रूपमा स्थापित लघुबितीय संस्था खारेज गर,संस्थाद्वारा लगाएको सामुहिक ऋण मिनाहा गर,आम बिपन्न गरिब किसान लाई नि:शुल्क ऋण प्रदान गर,आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यवस्था गर,समाजबादी अर्थतन्त्र बिकास गर लगायतका ५ सुत्रीय माग राखी आन्दोलन सुरु गरेका छन्।

    लघुबित विरुद्धको आन्दोलनमा करिब ५०० पाँच सय सिरहा सप्तरीका पीडित महिला पुरुषहरूले आन्दोलनमा सहभागी भएका थिए।लघुबितीय संस्था विरुद्धको संघर्ष समिति अभियानको सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सुरु भएको आन्दोलनमा मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ सप्तरी, मधेस प्रदेश अभियानता अनिता चौधरी सप्तरी,सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, सरिता चौधरी अनिता चौधरी लगायतका करिब ५ ब्यक्तिहरुको उपस्थिति रहेको आयोजकले जनाए।

    धनगढीमाई नगरपालिका भित्र रहेका नेशन लघुबित किसान लघुबित,सिभिल लघुबित सिर्जन शिल लघुबित,इन्फीनीटीभ लघुबित,जिबन बिकास लघुबितको कार्यालयमा तालाबन्दी गरेका छन्।आइतबार सुरु गरेको आन्दोलनबाट दर्जनौं लघुबितमा तालाबन्दी गरि धनगढीबजारमा कोण सभामा परिन्त गरेका अर्जुन बिश्वकर्माले बताए।

    संघर्ष समितिका केन्द्रिय अध्यक्ष मणि राम गेवालीले संघीय राजधानी काठमाडौंबाट करिब १५ महिना अगाडि लघुबित विरुद्धको आन्दोलन सुरु गरेका अनिता चौधरी र मोहम्मद गुलजार मियाँले जानकारी दिनु भयो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० बैशाख २५, सोमबार १५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट