महेश सिंह सिरहा लहान १ जेष्ठ- सप्तरीमा एक जना महिलाको मृत्यु भएको छ। सप्तरीको अगनीसाईर कृष्णा सावरण गाउँ पालिकामा वडा नम्बर ४ परसवनीका सरिता चौधरीले आत्म हत्या गरेकी छिन। घरको आर्थिक अवस्था निकै कमजोर रहेका चौधरीले ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएका थिए।
आर्थिक संकट हुँदा उनले स्वाबलन र जीवन बिकास लगायतका लघुबित संस्थाबाट ऋण लिएका थिए।
आर्थिक अवस्था कमजोर रहेका चौधरीको श्रीमान सान्न्द चौधरी करिब ३ महिना अगाडि वैदेशिक रोजगारीको लागी खाडी मुलुक मलेसिया पुगेका छन्।
देशमा आर्थिक मन्दा हुँदा ज्यान मजदुरीको काम थप हुँदा चौधरीको घर परिवार चलाउन निकै कठिन भएको थियोे।विभिन्न लघुबित संस्थाबाट लिएको ऋण कर्जा चुक्ता गर्न प्रेसर गर्दा उनले लिएको ऋण चुक्ता गर्न नसकिदा र समाजिक बेजतीको कारण लघुबित संस्थाले दिएको प्रेसर थेग्न नसकदा सरिता चौधरीले आत्म हत्या गर्न बाद्य्य भएका थिए।
लघुबित संस्थाहरुले चौधरीलाई आत्म हत्या गर्न वाध्य बनाएको परिवारजनको आरोप रहेका छन्।मृतक चौधरीकी १ छोरा र १ छोरी छिन्।मृतक चौधरीले बैशाख २९ गते बिहान ९ बजे तिर आफनै घरमा आत्म हत्या गरेका थिए।
चौधरीलाई मृत्यु पछी परसवनीमा गाउँ नै रुवाबासी चलेका छन्। दुई छोराछोरीको निधनले गाउँ नै स्वकमा डुबेका छन्।
लघुबित खारेजीको माग गर्दै देश ब्यापी रूपमा आन्दोलन चलि रहेका छन्।चौधरीको मृत्यु सुने पछी लघुबित विरुद्धको संघर्ष समितिले घटना स्थल अर्थात मृतकको गाउँमा रहेका लघुविरुद्ध बिशाल पर्दशन गरेका छन्।पालिका भित्र रहेका लघुबित संस्थाहरुमा नारा जुलुस गरी आधा दर्जन कार्यालय मा तलाबन्दी समेत गरेका छन्।तलाबन्दीको क्रममामा मौहुली बजार स्थित रहेको स्वालम्बन लघुबितमा तालाबन्दी गर्दा आन्दोलनकारी र प्रहरी कर्मचारी बिच झटप समेत भएका थिए।
कार्यक्रममा जिल्ला अध्यक्ष अनिता चौधरी केन्द्रिय सदस्य धनिक लाल चौधरी, सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मा, उमेश भगत मधेस प्रदेश सल्लाहकार मोहम्मद गुलजार मियाँ लगायत हजारौं महिलाहरु आन्दोलनमा सहभागीता रहेको आयोजकले बताए।