logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • सप्तरीका मृतक परिवारलाई निर्धन उत्थान लघुबित संस्थाद्वारा बिमा रकम भुक्तानी

    सप्तरीका मृतक परिवारलाई निर्धन उत्थान लघुबित संस्थाद्वारा बिमा रकम भुक्तानी

    महेश सिंह सिरहा लहान २५ जेठ- निर्धन उत्थान लघुबित बितिय संस्थाद्वारा मृतक परिवारलाई बिमा रकम भुक्तानी गरेका छन्।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाकी राजो देवी चौधरीको मृत्यु भए पछि निर्धन लघुबित बितिय संस्थाले सामुहिक बिमा कर्जा अन्तर्गत ६ लाख ८८ हजार ८० रुपैया भुक्तानी दिएका हुन्।

    बिगत १२ बर्ष अगाडी ६३ नम्बर समुहकी प्रमुख भएर काम गर्दै आएका राजो देवी चौधरीको जन्म २०२३ सालमा भएको थियो।बिगत केहि बर्ष अगाडी देखी क्यान्सर रोगबाट ग्रसित भएकी चौधरीलाई उपचारको क्रममा २०७९ फाल्गुन ६ गते मृत्यु भएको थियो।मृतक राजो देवी चौधरीले २०५३ सालमा श्रीमान ज्ञानचन्द्र चौधरीको मृत्यु भएको थियोे।श्रीमानको मृत्यु भए पश्चात् घरको प्रमुख जिम्मेवारी राजो देवी चौधरीले चलाउदै आएका थिईन।

    मृतक राजोलाई २ छोरा २ छोरी छिन। खेती पाती र ज्याला मजदुरी गरेर छोराछोरीलाई शिक्षा दीक्षा गराई सरकारी सेवा सम्म लगाईन।जेठाे छोरा सुनिल सरकारी सेवामा हुन् भने कान्छो प्रकाश राज चौधरी विद्यार्थी हुन्।ऊनी उक्त लघुबित संस्थाबाट ४ लाख कर्जा लिई चलाउदै गर्दा सोही कर्ममा चौधरीलाई मृत्यु भएको थियो।

    निर्धन लघुबित बितिय संस्थाका लहान शाखाको प्रबन्धक सुनिल कुमार सिंहले मृतको घरमा गरे मृत्यु दाबी भुक्तानी दिएका छन्। निर्धन उत्थानले कर्जाको समयमा ६ हजार ५ सय ६८ रुपैयाको सामुहिक कर्जा बिमा अन्तर्गत बिमा गरेका थिए। निर्धन उत्थान लघुबित बितिय संस्थाले महिलाहरुलाई सहुलियत ऋण उपलब्ध गराई आत्म निर्भर बनाई समाजिक उत्थानमा आर्थिक सवल र समृद्ध गर्न अहम् भुमिका निर्वाह गर्ने गरेका छन्।

    उक्त संस्थाले कर्जाको आधारमा न्युन प्रीमियम लिई बिमा गर्ने गरेको र सोही आवधिमा सदस्यको मृत्यु भएमा कर्जाको १६२% बिमाको क्षतिपूर्ति वाप्त भुक्तानी दिने गरेको हो।सम्बन्धित वडाका अध्यक्ष डिलाराम चौधरी वडा सदस्य मन्जु कुमारी चौधरी,मुकायम कार्यालयका मुकायम कार्यालयका मुकायम प्रमुख अनिल कुमार मिश्रको उपस्थितिमा प्रबन्धक सिंहले पत्रकार महेश सिंह अनिल चौधरी कर्मचारी सरिता कुमारी चौधरी,दुखा राय लगायत स्थानीय समुहका सदस्यहरुको रोहवरमा मुक्ति नाथ बिकास बैंकको चेक नम्बर १५९२२५९५ नम्बरको चेक मातृ शोकमा डुवेका जेठाे छोरा सुनिल कुमार चौधरीलाई हस्तान्तरण गरेको प्रबन्धक सिंहले बताए।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० जेष्ठ २५, बिहीबार २३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट