logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • मेयरको सराहनीय काम पालिकाद्वारा किसानको सिचाइ बिल महसुल भुक्तानी

    मेयरको सराहनीय काम पालिकाद्वारा किसानको सिचाइ बिल महसुल भुक्तानी

    महेश सिंह सिरहा लहान १० श्रावण – किसानहरुको सहज र सहुलियतताको लागी धनगढीमाई नगरपालिकाले पालिक भित्र रहेका सम्पूर्ण वडाका किसानहरुले कृषि खेतीमा प्रयोग गरेका सिचाइ मिटरको बिल सहसुलको भुक्तानी धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो प्रमुख प्रसासकिय अधिकृत गोपाल प्रसाद वगाले लगायत विभिन्न शखा प्रमुख र किसान अगुवाहरुको रोहबरमा नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई चेक हस्तान्तरण गरेका छन्।

    किसानहरुको सहजताका लागी पालिकाले कृषि उत्पादनमा र आय स्तरमा वृद्धिको लागी किसानले प्रयोग गरेका सिचाई मिटरको बिलको भुक्तानी दिएका हुन्।किसानले प्रयोग गरेको चाईको बिल १८ लाख २२ हजार ६ सय १४ रुपैया ५० पैसाको चेक कुमारी बैंक लिमिटेडको चेक हस्तान्तरण गरेका हुन्। पालिकाले बिल मसुल भुक्तानी गर्दा लभाम्बित भएका किसानहरुले निकै खुशी व्यक्त गरेका छन्।

    चेक हस्तान्तरण गर्दै नगर प्रमुख महतोले भने समय पानी पर्दैन किसानहरुलाई मल खादको अभाव हुन्छ खेती पाती गर्न निकै गाह्रो भएको हुँदा राहत स्वरुप किसानले प्रयोग गरेको सिचाइ मिटरको बिल भुक्तानी गर्न लागेको प्रमुख शिव शंकर महतोले बताए।किसानको हकमा पालिकाले सराहनीय कार्य गर्दै किसानले प्रमुख महतोलाई धन्यवाद दिएका छन्।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० श्रावण १०, बुधबार ०७:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट