logo
  • २०८२ जेष्ठ ३ | Sat, 17 May 2025
  • लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच शिविर आयोजना हुने

    लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच शिविर आयोजना हुने

    महेश सिंह सिरहा लहान २ भदौ – सिरहाको लहानमा अपाङ्गता भएका ब्यक्तीहरुको लागी कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने भएको छ।नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम अंगको लागि नापजाँच शिविर आयोजना गर्ने भएको छ। नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गर्न लागिएको संगठनले जानकारी दिएको छ।

    समाजलाई भलो होस् भने उदेश्यले मारवाडी युवाहरुको एक समुहले हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको दु:ख दाई पिडा हेरेर नि:शुल्क रूपमा ठुलो आर्थिक लगानीमा शिबिर संचालन गर्न लागेका हुन्।शिबिरमा दक्ष अनुभवी डाक्टरहरुद्वारा नापजाँच गरिने आयोजकले जनाए।

    सिराहाको लाहानमा शिविर आयोजना हुने भएको छ। लाहानको मारवाडी सेवा सदनमा भदौ २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर आयोजना हुने जनाइएको छ।त्यसै गरी झापाको बिर्तामोडको श्री अग्रसेन भवन शनिश्चरे रोडमा २२ भदौमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले बताए।

    शिविरमा नारायण सेवा संस्थानबाट आएका प्राविधिकहरूले शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) हरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गर्ने जनाइएको छ।शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सारडाले जनाए।शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजक समितिले जनाए।

    नापजाँच पछि भारतको उदयपुरमा कृत्रिम अंग निर्माण हुने र त्यसका लागि डेढ दुई महिना समय लाग्ने जनाइएको छ। निर्माणपश्चात वितरण गरिने आयोजकले जानकारी दिएको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० भाद्र २, शनिबार १६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट