logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

    नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

    राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई नर्सिङ्ग कलेज भवन हस्तान्तरण भएको एक बर्ष बढी भइसक्दा समेत संचालनमा आउन सकेको छैन्। नर्सिङ्ग कलेजको उक्त भवन अहिले एक बर्षदेखि ‍अस्पतालको स्टोरमा परिणत भएको छ ।

    नर्सिङ्ग कलेजलाई सम्बन्धनको लागि आइरहेको अनुगमन टोलीलाई समेत अस्पतालले आउन रोकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भवनलाई स्टोर बनाइएकोले अस्पतालले अनुगमन टोलीलाई नआउन भनेको छ । स्रोतले भन्यो,’कलेज भवनलाई अस्पतालको स्टोर बनाइएको छ, एक हप्ता अघि विश्वविद्यालयसँग आवद्धताको लागि कलेज भवनको अनुगमन गर्न आउन लागेको

    टोलीलाई यहाँबाट नआउन भनियो, स्टोरको व्यवस्थापन अस्पतालले गर्नुपर्ने हो, कलेजको भवनलाई स्टोर बनाउनु उचित होइन्। ‘तत्कालिन सांसद उपेन्द्र यादवको संसदीय कोषको ५ करोड ५१ लाख २१ हजार एक सय १९ रुपैयाँ ५० पैसा र मधेश प्रदेश सरकारको एक करोड ११ लाखको लगानीमा चन्देश्वरी जेई जेभी काठमाडौंले निर्माण गरेको ५० बेडको १४ कोठे दुई तल्ले उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरियो ।

    नगरपालिकाले २०८० जेठ १७ गते उक्त भवन अस्पताललाई हस्तान्तरण गरेको थियो ।तर त्यसको १४ महिना बितिक्दा समेत त्यहाँ कलेज संचालन हुन सकेको छैन् ।

    #HospitalCurruption, #GajendraNarayanHospital, #Rajbiraj, #MadheshPradesh, #MadheshProvince,

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ भाद्र ११, मंगलवार ०५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट