logo
  • २०८२ जेष्ठ ३ | Sat, 17 May 2025
  • भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

    भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

    चितवन। भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ। भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो।

    चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन्। बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए।

    भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ। नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ। थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ।

    उनले भने, ‘कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन।’ केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उनको भनाइ छ। देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ। यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन्।

    हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ। चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ फाल्गुन १४, बुधबार २१:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट