logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • एसईई परीक्षा आजदेखि सुरु

    एसईई परीक्षा आजदेखि सुरु

    माध्यामिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर सुरु भएको छ।

    परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना, र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा भइरहेको छ।

    राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का अनुसार यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। गत वर्षको तुलनामा परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भएको हो।

    देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ। १५० विद्यार्थीसम्म भएको केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र प्रत्येक २० विद्यार्थीका लागि एक निरीक्षक खटाइएको छ। ७५ जना भन्दा कम परीक्षार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छैन।

    एसईई परीक्षा चैत १९ गतेसम्म चल्नेछ र बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यस वर्ष जापानबाट पनि ३७ विद्यार्थी एसईईमा सहभागी भएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ चैत्र ७, बिहीबार २२:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट