logo
  • २०८२ जेष्ठ २७ | Tue, 10 Jun 2025
  • सिरहामा ठगी गिरोह सक्रिय, कारबाहीको माग

    सिरहामा ठगी गिरोह सक्रिय, कारबाहीको माग

    सिरहा – जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा ठगी गर्ने एक गिरोह सक्रिय रहेको खुलेको छ। पीडितहरूले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिन खोज्दा प्रहरीले उजुरी नलिएको गुनासो गरेका छन्।
    स्थानीय खेलानन्द साहु सोनारका छोरा, २४ वर्षीय शिवनाथ साह र उनका सहयोगीहरूले बिना दर्ता अलिगल मोबाइल पसल सञ्चालन गरी गाउँका सोझा-सिधा मानिसहरूलाई ठग्ने गरेको आरोप लागेको छ। उनीहरू आर्थिक कारोबारका नाममा रकम लिएर फरार हुने, कामदारहरूलाई तलबी ठगी गर्ने तथा धम्की दिने कार्यमा संलग्न रहेको पीडितहरूको भनाइ छ।
    शिवनाथ साह र उनको गिरोहले स.९प. ४४०२ नम्बरको १२० CC को पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका छन् भने धनगढीबजारमा मोबाइल पसल सञ्चालन गर्दै आएको बुझिएको छ।
    स्थानीय स्रोतहरूका अनुसार आरोपित शिवनाथ साहले केही पत्रकारहरूसँग अश्लील भाषा प्रयोग गर्दै धम्की दिएका छन्। यस विषयमा दर्जनौं  पत्रकारहरुले समेत चासो देखाएको छ।
    पीडितहरूले आरोपितहरूविरुद्ध कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएका थिए। तर, प्रहरीले उजुरी नलिएको तथा उल्टै आरोपितहरूले आफूलाई बचाउन झुटा उजुरी दिने प्रयास गरिरहेको गुनासो गरेका छन्।
    शिवनाथ साहका पूर्वकामदार, ४० वर्षीय निर्दोष  दिपेन्द्र खत्री, जो माँ भवानी मोबाइल सर्भिस सेन्टरमा काम गर्थे, उनीमाथि झुटा आरोप लगाएर फसाउने षड्यन्त्र भइरहेको पीडितहरूको भनाइ छ।
    स्थानीय बासिन्दाहरू र पीडितहरूले सम्बन्धित निकायलाई यथाशीघ्र अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरेका छन्। सिरहा प्रहरीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ चैत्र १३, बुधबार २३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट