logo
  • २०८२ जेष्ठ २७ | Tue, 10 Jun 2025
  • तीनकुने घटना : दुर्गा प्रसाईंका थप तीन सहयोगी पक्राउ

    तीनकुने घटना : दुर्गा प्रसाईंका थप तीन सहयोगी पक्राउ

    काठमाडौं । राजा फर्काउने आन्दोलनका कमाण्डर बनेका दूर्गा प्रसाईं फरार भए पनि उनका समूहका तीन जना आइतबार साँझ पक्राउ परेका छन।

    प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना आइतबार साँझ पक्राउ परेका हुन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा छन्।

    यसअघि १११ जना पक्राउ परेका थिए। उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

    शनिबार एटीएफका संयोजक मुनिन्द्र राजभण्डारीलाई बालाजुबाट पक्राउ गरिएको थियो। प्रसाईं भने अहिलेसम्म फरार रहेका छन्। उनी शुक्रबारदेखि फरार रहेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ चैत्र १७, आईतवार २१:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट