logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    काठमाडौं। चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। त्यस्तै प्रसाईंसंगै पक्राउ परेका दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

    प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धीत चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको श्रेष्ठले बताए।

    प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो। पक्राउ गरे लगतै दुबैलाई शुक्रबार नै प्रहरीले काठमाडौं ल्याई सरकारी वकिल कार्यालय हुदै म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराएको थियो।

    १५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाईं फरार भएका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ चैत्र २९, शुक्रबार २३:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट