logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • ‘जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा’

    ‘जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा’

    वीरगञ्ज (पर्सा)। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा देखिएको बताएका छन्। आज यहाँ आयोजित एक कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण देशका पहाडी र हिमाली क्षेत्रमा पानीका मुहान सक्दै गएको र तराई–मधेसमा जमिन मुनिको पानीको सतह घट्दै गएको उल्लेख गर्दै भविष्यमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न हुनसक्ने बताए।

    उनले भने, ‘जलवायु परिर्वतन र भूकम्पका कारण पानीका मुहान सुक्दै गएका छन् र तराई–मधेसमा चापाकल सुक्न थालेका छन्। त्यसको दीर्घकालीन समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको छ।’

    मन्त्री यादवले खानेपानीको समस्या गर्न एसियाली विकास बैंक (एडिबी)को सहकार्यमा वीरगन्जमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको समेत जानकारी दिए। उनले भने, ‘खानेपानीको समस्या समाधान गर्न एडिबीको सहकार्यमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ। परियोजना पूरा भएपछि नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ।’

    तराई–मधेसमा देखिएको खानेपानीका समस्यालाई मध्यनजर गर्दै यहाँका नागरिकले अब चापाकलको भर पर्नु नपर्ने र प्रत्येक नागरिकलाई पाइपमार्फत निःशुल्क र सुरक्षित पानी आपूर्ति गरिने प्रतिबद्धता जनाए।

    उनले ढल व्यवस्थापनका लागि रु एक अर्ब ५० करोड बजेट छुट्याइएको र वीरगन्ज महानगरपालिकाका वडा नं २०, ३०, ३१, लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८१ चैत्र २९, शुक्रबार २३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट