सिरहा । धनगढीमाई, नैनपुर निवासी (हाल काठमाडौँमा बसोबास) युवा समाजसेवी अशोक खड्काले सर्रे खोलाको पुल निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग गर्दै स्थानीय नेतृत्वलाई सक्रिय बनाए। उनको पहलमा जिल्ला अध्यक्ष अशोक यादव र नगर प्रमुख शिवशंकर महतोको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग सिधा छलफल गरी यस प्रोजेक्टलाई प्राथमिकतामा राख्न जिल्लाको माग बुझाए। यसको परिणामस्वरूप केन्द्रीय सरकारले पुल निर्माणको लागि डिपीआर हस्तान्तरण गर्ने निर्णय गरेको हो।
पुल निर्माणको डिपीआर हस्तान्तरण : अब के हो अर्को चरण?
डिपीआर हस्तान्तरण भएपछि अब पुल निर्माणको प्राविधिक र वित्तीय प्रक्रिया अगाडि बढ्ने देखिन्छ। जिल्ला प्रशासनका अनुसार, यो पुल निर्माण भएमा स्थानीयको आवागमन सुविधाजनक हुनेसाथै आर्थिक गतिविधिमा पनि गतिशीलता आउने अपेक्षा छ। जिल्ला अध्यक्ष यादवले “यो पुल सिरहाका वासीका लागि जीवनरक्षक परियोजना हो। केन्द्र सरकारले यसलाई शीघ्रता को स्था सम्पन्न गर्नेछ” भन्ने आशा व्यक्त गरे।
स्थानीयको प्रतिक्रिया
धनगढीमाईका एक निवासी सिता देवीले भनिन्, “हामीले दशकौं समय यस समस्याको सामना गर्यौं। अब पुल बनेपछि हाम्रो पुस्ताले सुखद जीवन पाउनेछ।” यस्तै, युवा समाजसेवी खड्काले “यो पहल सामूहिक प्रयासको फल हो। सबैको सहयोगले मात्र यो सम्भव भयो” भनी जनप्रतिनिधि र स्थानीयलाई धन्यवाद दिए।
सर्रे खोलामा पुल बनेपछि सिरहा जिल्लाको धनगढीमाई, उत्तरी क्षेत्रको यातायात, शिक्षा, र स्वास्थ्य सेवामा क्रान्तिकारी सुधार हुने विश्वास स्थानीयमा छ। अब, केन्द्र र स्थानीय सरकारले यस प्रोजेक्टलाई समयमै पूरा गर्ने जनआकांक्षा बढ्दै छ।
प्रतिक्रिया