logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • पाँचथरका चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    पाँचथरका चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    फिदिम,३१ साउन । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए।

    बुढाथोकीले शनिबार राती बालिकालाई बलात्कार गरेको आरोप छ। बालिकाका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन्। ‘उजुरी दिएलगत्तै आरोपितलाई पक्राउ गरिएको छ,’ इनिस्पेक्टर राईले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०७९ श्रावण ३१, मंगलवार ०४:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट