logo
  • २०८२ जेष्ठ २ | Fri, 16 May 2025
  • लहानमा बसपार्क संचालन हुँदा सडकमै गाडीको भिडभाड सर्वसाधारणलाई सास्ती

    लहानमा बसपार्क संचालन हुँदा सडकमै गाडीको भिडभाड सर्वसाधारणलाई सास्ती

    महेश सिंह सिरहा लहान २२ मंसिर – सिरहाको लहान नगरपालिकामा बसपार्क संचालन गर्न नसकिदा पुर्व लोकमार्गमा सडकमै पार्किङ्ग गर्न थालिएका छन्।
    लहान नगरपालिका भित्र २ वाटा बसपार्क रहे पनि पुरानो बस पार्कहरु संचालनमा नआउँदा लोकमार्गमा गाडीहरूको चाप निकै बढीएका छन्।

    गाडीहरुको अबेवस्थित पार्किङ्गको कारण सर्बसाधारणहरु दुर्घटनाको जोखिम संग खेपदै आएका छन्।लहान नगरपालिकाले पुरानो बसपार्कहरुसंचालनमा ल्याउन नसकिदा बसपार्कहरु जिर्न बन्दै गएका छन्।लहान १ सिङ्गराही स्थित रहेको बसपार्क संचालनमा हुँदा सडकमा जथाभावी सबारी साधारण र गाडीहरूको भिडभाड बजार र सडक पेटीमा कम हुने गरेका थियो।

    सडक पेटीमा गाडीहरू पार्किङ्ग गर्दा स्थानीय पसले विभिन्न संस्था र सर्वसाधारणलाई सास्ती र दुर्घटनाको चपेटामा पर्ने सम्भावना देखिएका छन्।सडक मै पार्किङ्ग गर्दा जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले बेखबर भएका छन्।सडक पेटीमा घण्टाै घन्टा गाडीहरू पार्किङ्ग गर्दा ट्राफिक प्रहरी कार्यालयले कार्वाही गर्न किन पछाडि परेको स्थानीयहरुको गुनासो रहेका छन्।स्थानीयका अनुसार स्थानीय सरकारको निर्वाचन भएको करिब ७ महिना भयो तर अहिले सम्म लहान नगरपालिकाले बसपार्कलाई ब्यवस्थित गर्न नसकेको सरकारलाई गुनासो गरेका छन्। बस सिटी सिकसा,अटाे, उङ्गर, म्याजिक लगायतका यातायातहरु अबेवस्थित रहेका छन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ मंसिर २३, शुक्रबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट