logo
  • २०८२ असार १९ | Thu, 03 Jul 2025
  • सिएमसी नेपालको समाजिक लेखापरीक्षण लहानमा

    सिएमसी नेपालको समाजिक लेखापरीक्षण लहानमा

    महेश सिंह सिरहा लहान ८ पुष – सिरहाको लहानमा सिएमसी नेपालको समाजिक लेखापरीक्षण सम्पन्न भएको छ।वार्षिक रूपमा गरेको कामको समिक्षा गर्दै स्थानीय सरोकारवाला र शिक्षा बिघ्य र शिक्षकहरुसंगको समाजिक समिक्षा सम्पन्न भएको छ्।

    लहान नगरपालिका वाडा नम्बर १५ का अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिका वाडा नम्बर २४ का अध्यक्ष राशलाल रायले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।बिशिस्ट अतिथिहरुमा लहान नगरपालिकाका स्वास्थ शखा प्रमुख जगदीश मँण्डल,शिक्षा बिघ्य महेश्वरी चौधरी, लहान ११ का अध्यक्ष सुर्य नारायण चौधरी,पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्र.अ.डाक्टर महेन्द्र प्रसाद चौधरी,गोर्खा टेभिजनका सिरहा सम्बादाता महेश सिंह,सिएमसी नेपालका कार्यकारी निर्देशक दिनेश लम्साल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

    उपस्थिति भएका ब्यक्तीहरुसंग मानसिक रोग सम्बन्धित विभिन्न छलफल गरेका थिए।सिएमसी नेपालले २००२१ बाट कार्यक्रम सुरु गरेको हो। लहानका ५९ स्कुल रहेको छ भने २१ वाटा बिधालयमा कार्यक्रम संचालनमा रहेको सिएमसी नेपालका कार्यकारी निर्देशक दिनेश लम्सालले जनाए।कार्यक्रमको संचालन सिएमसी नेपालका लहानका मनोपरामर्श कर्ता रेखा चौधरीले गरेका थिए।

    नगरपालिकाले जोड दिनुपर्ने बुदाहरु :

    लहान नगरपालिकामा मानसिक रोगको सेवा प्रवाह गरियो भने प्रभावकारी हुने बताए।

    बिधालय स्तरमा समुदाय स्तरमा परामर्श गर्नु पर्ने जोड

    बिधालयमा अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको

    नगरभित्र सबै बिधालयमा यस्तो कार्यक्रमको पहुँच हुनुपर्ने छ।

    बालमनो स्वास्थयको क्षेत्रमा कार्यक्रम गर्नु जरुरी छ।

    अपाङ्ग मैत्री वातावरण कार्यक्रम र परामर्श दिने र जानकारी गराउने।

    बालमनो पहिचान गरी उपचारको वातावरण बनाउने ।

    मानसिक रोगीहरुलाई पहिचान गरी औषधी उपचारका वातावरण बनाउनु पर्ने।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०७९ पुष ८, शुक्रबार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट