logo
  • २०८२ असार २४ | Tue, 08 Jul 2025
  • निर्धन उत्थान लधुवितद्वारा दलित महिलाले पाइन् विमा क्षतिपुर्ति

    निर्धन उत्थान लधुवितद्वारा दलित महिलाले पाइन् विमा क्षतिपुर्ति

    अनिल चौधरी १८ जेष्ठ, लहान सिरहा – सिरहाको लहान नगरपालिका वडा नं. २१ मोतिपुर महिला समाजकी सदस्या लहान नगपालिका २० बस्ने इनर कुमारी विश्वकर्माको परिवारलाई बुधवार विमा क्षतिपुर्ति रकम वितरण गरेको छ।

    निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहान सिरहाद्धारा आयोजना गरेको श्रदाञ्जली कार्यक्रममा समुहमा आवद्ध महिलाहरुको बिच संस्थाका शाखा प्रबन्धक सुनिल कुमार सिंहले विमा वापतको चेक (१०,७८,०८०)दश लाख आठहत्तर हजार असी रुपैया विश्वकर्माको श्रीमान शैलेन्द्र कुमार विश्वकर्मालाई लहान नगपालिका वडा नं. २० को वडा अध्यक्ष गणेश प्रसाद चौधरीको रोहबरमा हस्तान्तरण गरेको छ ।

    इनर कुमारी विश्वकर्माले यस संस्थाबाट कर्जा लिदा रिलाईफ लाईफ इन्स्योरेन्सबाट रु.३,९०,००० र नेशनल लाईफ इन्स्योरेन्सबाट रु.६,८८,०८० विमा वापतको रकम प्राप्त गरेको छ ।

    २०७९ आसोज २९ गते असमाहिक निधन भएको विश्वकर्मा यस संस्थाको एउटा असल ऋणी तथा बचतकर्ता रहेको संस्थाका प्रबन्धक सिंहले बताउनु भयो ।
    कार्यक्रममा निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानका शाखा प्रबन्धक सुनिल कुमार सिंह, लहान वडा नं. २० का वडा अध्यक्ष गणेश प्रसाद चौधरी, संस्थाका कर्मचारीहरु लगायत समुहमा आवद्ध महिलाहरुको उपस्थिती रहेकको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० जेष्ठ १८, बिहीबार ०४:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट