logo
  • २०८२ पुष २३ | Wed, 07 Jan 2026
  • असार दोस्रो साता पत्रकार महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न ६ संगठनको माग

    असार दोस्रो साता पत्रकार महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न ६ संगठनको माग

    काठमाडौँ । पत्रकार आबद्ध विभिन्न संघ संगठनहरुले आगामी असार दोस्रो साताभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने प्रतिबद्धता पुरा गर्न माग गरेका छन् ।

    प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढा र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

    Shivam Cement

    महासंघको २७ औँ महाधिवेशनले तय गरेको तीनै तह केन्द्र, प्रदेश र जिल्ला शाखा/एशोसियट समितिको निर्वाचन हुनुपर्ने दिन २६ जेठ २०८१ भएपनि तर निर्धारित मितिमा निर्वाचन हुन नसकेपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले तत्काल निर्वाचन कार्यतालिका र निर्वाचन मिति घोषणा गर्न पनि माग गरेका छन् ।

    Nabil bank

    यसअघि महासंघले सदस्यता विवादका कारण समयमा निर्वाचन हुन नसकेको भन्दै असार दोस्रो हप्ताभित्रमा निर्वाचन गरिने जानकारी गराएको थियो । ‘निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको मात्रै होइन, निर्वाचनको मिति समेत ठोस गरिएको छैन । यसले फेरि पनि अन्यौलता सिर्जना गरेको छ’, संघ संगठनहरुले आशंका व्यक्त गरेका छन् ।

    f

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०८१ जेष्ठ २७, आईतवार १३:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP