logo
  • २०८२ जेष्ठ २२ | Thu, 05 Jun 2025
  • बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

    बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

    काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजीनामा दिने सोचमा छन्। यस विषयमा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई जमुनास्थित उनको निवासमा भेटे।

    नाहिद इस्लामले बीबीसी बंगलालाई भने, “देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौं। त्यसैले म उहाँलाई भेट्न गएँ। यस भेटघाटको क्रममा प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो।”

    यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। अर्कोतर्फ, राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब दिइरहेका छन्।

    पूर्व प्रधानमन्त्री खालिदा जियाको बीएनपी पार्टीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारहरूलाई हटाउन माग गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८२ जेष्ठ ९, शुक्रबार १४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट