logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरा खाएर मस्त

    सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरा खाएर मस्त

    सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।

    नेत्र विक्रम  चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।

    कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।  सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए ।

    यसबारेमा बुझ्न खोज्दा आफ्नै क्वार्टरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाइ छ ।  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने घटनाको छानबिन गरेर आवश्यक कारवाही गरिने बताए ।

    न्युज कारखाना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ श्रावण १८, बुधबार ०६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP