logo
  • २०८२ माघ ९ | Fri, 23 Jan 2026
  • जनकपुरधाममा सुरु भयो ‘जनआवाज आन्दोलन’

    जनकपुरधाममा सुरु भयो ‘जनआवाज आन्दोलन’

    जनकपुरधाममा चुरे तथा वनजंगल संरक्षण अभियानले ‘जनआवाज आन्दोलन’ सुरु गरेको छ। बिहिबार अभियानले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेर्न पुगेका छन्।

    अभियानले मुरलीचोकबाट प्रदर्शन सुरु गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेका थिए। यद्यपि उनीहरुलाई सुरक्षाकर्मीले करिब २ सय मिटर पर रोकेका छन्। मधेस सरकारसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन्।

    अभियानले यस पटक पाँच बुँदे मागसहित आन्दोलन थालेको छ। अभियानका संरक्षक सरोज रायले पटक–पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर अनिश्चितकालीन धर्ना बस्न लागेको बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ फाल्गुन ११, बिहीबार ११:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP