logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • महिलाको तस्बिर दुरुपयोग गरेको अभियोगमा, श्रीमानको जाहेरीले पक्राउ

    महिलाको तस्बिर दुरुपयोग गरेको अभियोगमा, श्रीमानको जाहेरीले पक्राउ

    महिलाको तस्बिर दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पीडित महिलाको श्रीमानको जोहरीको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रवीन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    भण्डारीविरुद्ध जाहेरी परेसँगै नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट कात्तिक २ गते पक्राउ अनुमती लिई उनलाई तनहुँ प्रहरीको सहयोगमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

    उनीमाथि ६ दिन मद थप भइ आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ । पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा राखि साइबर अपराध गरेको आरोप भण्डारीमाथि लागेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०७९ कार्तिक ९, बुधबार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट