logo
  • २०८२ माघ १८ | Sun, 01 Feb 2026
  • अलकायदाका नेता अल-जवाहिरीको हत्या, अमेरिकाले ड्रोन आक्रमण गरेर मार्‍यो

    अलकायदाका नेता अल-जवाहिरीको हत्या, अमेरिकाले ड्रोन आक्रमण गरेर मार्‍यो

    काबुल । अलकायदाका नेता अयमान अलजवाहिरीको हत्या भएको छ। अमेरिकाले अलजवाहिरीलाई अफगानस्थानको काबुलमा एक ड्रोन हमलामा मारेको हो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेका छन् । बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र आतंकवादी नेता अब जीवित छैनन्।’

    सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको थियो । जसमा अल जवाहिरीको मृत्यु भएको हो।

    अधिकारीहरूका अनुसार जवाहिरी घरको बालकनीमा बसिरहेका बेलामा ड्रोनबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो। अमेरिकी अधिकारीहरूले जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहेको तर कसैलाई चोटपटक नलागेको बताएका छन्। बीबीसी

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ श्रावण १७, मंगलवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP