logo
  • २०८२ जेष्ठ २२ | Thu, 05 Jun 2025
  • शिक्षा उधारका लागी लहानमा प्रशिक्षण प्रशिक्षक तालीम

    शिक्षा उधारका लागी लहानमा प्रशिक्षण प्रशिक्षक तालीम

    महेश सिंह सिरहा लहान ८ असार – समाजमा रहेका कुरुतीलाई अन्त गर्न जनचेतना अभियान नेपाल(प्याक नेपालद्वारा) सिरहाको लहानमा रुपान्तरण शिक्षा सहजकर्ता तालीम सिरहाको लहानमा सुरु भएको छ्।

    लुथरन वलड फिडरेशन नेपालको आर्थिक सहयोगमा प्याक नेपालले स्थानीय सरकारको समन्वयमा समाजिक कुरुतीहरुलाई अन्तगर्न समतामूलक समाज निर्माणमा अहम् भुमिका रहोस् भन्ने उदेश्यले हरेक नागरिकको समान अधिकार र न्याय पहुँच अभिवृद्धि गराउनको लागी स्थानीय सरकारको समन्वयमा वडाहरुमा टिम गठन गरी कार्यक्रम संचालन गर्दै आएका छन्।

    सिरहामा सिरहा नगरपालिकामा ४ वटा वडामा १२ वटा समुह संचालनमा रहेका छन्।बाँकी वडाहरुमा संचालनमा ल्याउने आयोजक संस्था प्याक नेपालका कार्यकारी निर्देशक शुनिल यादवले जनाए। संस्थाले बिगत लामो समय देखि शिक्षा स्वास्थयको क्षेत्रमा काम गर्दै आएका छन्। शिक्षा जनस्वास्थ जिबिको उपार्जन महिला बालबालिकाको ईस्युमा काम गर्दै आएका छन।

    कार्यक्रममा सिरहा ७ र धनुषा ५ गरी जम्मा १२ जनाको सहभागिता रहेको आयोजक संस्थाको प्रतिनिधि मिथलेश कुमार यादवले बताए। रुपान्तरण समाजका लागी प्रशिक्षण प्रशिक्षक तालीमको सहजीकरण बेद निधी ढकालले गर्नु भएको तालीम ४ गते देखि सुरु भएको छ भने १० गते समापन हुने बताए।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० असार ८, शुक्रबार ०४:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट