logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जना सकुशल उद्धार।

    रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जना सकुशल उद्धार।

    रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जना भने सुरक्षित।

    रौतहटको गौर नगरपालिका १ को सीमा क्षेत्र नजिकै पानीको बाढीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृतक बालिकाहरुमा राजदेवी नगरपालिका ८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा छन्।आज बिहान, गौर नगरपालिका १ को सीमा क्षेत्र नजिकै बाढीको पानी तर्दै सातजना मानिस गौरतर्फ घाँस लिन आउँदै थिए। ती मध्ये चार जनालाई स्थानीयले उद्धार गर्न सफल भए भने, तीन जना बालिकाको शव पानीबाट निकालिएको हो।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राख्दै, तीन बालिकाको शव फेला पार्न सफल भएको हो। मृतकहरुको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमको लागि राखिएको छ। यो घटना आपतकालीन अवस्था र बाढीको जोखिमलाई पुनः उजागर गरेको छ, जिल्ला प्रशासन र सम्बन्धित निकायहरुले प्रभावित परिवारलाई सहयो गर्ने तयारी गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ आश्विन २७, सोमबार १९:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP