logo
  • २०८२ माघ १७ | Sat, 31 Jan 2026
  • गृहमन्त्री अर्यालले रेडक्रसलाई सरकारसँग समन्वय गर्दै कार्य गर्ने सन्देश दिए

    गृहमन्त्री अर्यालले रेडक्रसलाई सरकारसँग समन्वय गर्दै कार्य गर्ने सन्देश दिए

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका विषयमा आज मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए ।

    गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार संशोधन र संस्थालाई राजनीतिबाट मुक्त राखी निष्पक्ष कार्यसम्पादन गर्न आग्रह गरे।

    संस्थाको पवित्र उद्देश्यबाट विचलित नभई सरकारको सहयोगीका रूपमा गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी कार्य गर्न पनि उनले आग्रह गरे।

    छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्याल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी र दुवै मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।

    यस्तै, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा, महासचिव मीनबहादुर मल्ललगायत प्रतिनिधिहरु सहभागी थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ १७, शनिबार १९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP