logo
  • २०८२ माघ १७ | Sat, 31 Jan 2026
  • सभापति थापाले सर्लाहीका किसान र शिक्षा, स्वास्थ्य क्षेत्रका समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाए

    सभापति थापाले सर्लाहीका किसान र शिक्षा, स्वास्थ्य क्षेत्रका समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाए

    सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए ।

    यही माघ १२ गते मतदाता भेट्न यहाँ आएका सभापति थापाले काठमाडौँ फर्कनुअघि शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा सर्लाहीका जनताबाट स्नेह, साथ र भरोसा लिएर आफू फर्किएको बताए । यहाँको बसाइँका क्रममा उनले मधेसका जनताको जीवनस्तर सुधार गर्दै पार्टी सङ्गठन सुदृढीकरण गर्नेलगायत विषयमा स्थानीय नेताकार्यकर्तासँग छलफल गरेका थिए ।

    सभापति थापाले चुनावी सभा र मतदातालाई सम्बोधन गर्दै आफू समग्र मुलुकसहित मधेसको विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले यहाँका नागरिकबाट पाएका साथ र स्नेह आफ्ना लागि प्रेरणाका स्रोत बनेका प्रतिक्रिया दिए ।

    ‘पाँच दिनसम्मको यहाँको बसाइँका क्रममा नागरिकका घरघरमा पुगिरहँदा उनीहरूले दिएको साथ र स्नेह मेरा लागि थप ऊर्जाका स्रोत बनेका छन् । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध काममा अग्रसर हुने प्रेरणा यहाँबाट प्राप्त भएको छ’, सभापति थापाले भने । सर्लाही बसाइँ उपलब्धिमूलक भएको भन्दै उनले स्थानीय पार्टी पङ्क्ति र जनताको साथ र सहयोग पाएको बताए ।

    यहाँका किसानका मल र बीउसम्बन्धी, उखु किसानको बाँकी भुक्तानीका विषय, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभापति थापा जनकपुर हुँदै विमानस्थलमार्फत काठमाडौँ फर्किएका पार्टीका जिल्ला नेता वीरेन्द्र सिंहले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ १७, शनिबार २०:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP