logo
  • २०८२ फाल्गुन ३ | Sun, 15 Feb 2026
  • जेनजी आन्दोलनपछि अड्किएको सामाजिक सञ्जाल विधेयक फिर्ता

    जेनजी आन्दोलनपछि अड्किएको सामाजिक सञ्जाल विधेयक फिर्ता

    काठमाडौं । सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता भएको छ। सरकारको राष्ट्रिय सभामा विचाराधीन यो विधेयक फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो ।

    आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै मत नपरेपछि विधेयक फिर्ता भएको घोषणा गरेका हुन्।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो। त्यसपछि विधेयक फिर्ताका लागि माघ २१ गते पत्राचार गरेको थियो। त्यसअघि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिनका लागि मन्त्रालयलाई स्वीकृति दिएको थियो।

    गत वर्ष राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादमा परेपछि सरकारले अगाडि बढाएको थिएन। गत भदौमा सरकारले विधेयकलाई अगाडि बढाउने प्रयास गर्दै सामाजिक सञ्जालमा प्रतिधबन्ध लगाएपछि जेनजी आन्दोलन भएको थियो। जेनजी आन्दोलनसँगै सरकार ढलेपछि विधेयक अघि बढ्न सकेको थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ २६, सोमबार २०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP