logo
  • २०८२ फाल्गुन १२ | Tue, 24 Feb 2026
  • अत्यावश्यक सेवाबाहेक अन्य सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध

    अत्यावश्यक सेवाबाहेक अन्य सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध

    काडमाडौं। जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित बनाउन कैलालीका भरतीय सीमा नाका ३ दिन बन्द गर्न लागिएको हो। फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द रहने प्रशासन कार्यालय कैलालीले जनाएको छ।

    प्रशासनका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, टयांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ फाल्गुन १२, मंगलवार २१:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP