logo
  • २०८२ फाल्गुन १६ | Sat, 28 Feb 2026
  • नवराजपुर–५ का विभिन्न बस्तीमा घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद तीव्र

    नवराजपुर–५ का विभिन्न बस्तीमा घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद तीव्र

    महेश सिंह, लहान – नेपाली कांग्रेस का उम्मेदवार रामचन्द्र यादवले सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी अभियानलाई ‘विश्वास पुनर्निर्माण’को रूपमा अघि बढाएका छन्। घरदैलो कार्यक्रम मात्र नभई मतदातासँगको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै उनले चुनावी रणनीति अगाडि सारेका छन्।
    सिरहाको नवराजपुर गाउँपालिका–५ अन्तर्गत देबनगर, नहरनियाँ, कुस्डी, तामासुईया, गेरुवाहा र कर्मनियामा भएको भेटघाटका क्रममा स्थानीयवासीहरू खुलेरै आफ्ना धारणा राखिरहेका देखिएका छन्। यसै क्रममा केही स्थानीयले जनमत पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन्।
    करिब सयौँको सहभागितामा सम्पन्न कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार यादवले राजनीतिक प्रतिस्पर्धाभन्दा पनि स्थायित्व र विकासको एजेन्डालाई प्राथमिकता दिएको बताए। “लोकतन्त्रको सुदृढीकरण, पारदर्शी शासन र समावेशी विकासका लागि कांग्रेस अपरिहार्य शक्ति हो,” उनले भने।
    घरदैलोका क्रममा मतदाताहरूले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण र सिंचाइ पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेका छन्। केही वृद्ध मतदाताले त जीवनभर कांग्रेसप्रति आस्था राखेको बताउँदै “जेलसम्म जानुपरे पनि विचार परिवर्तन नगर्ने” अभिव्यक्ति दिएका थिए।
    यसबीच निर्वाचन क्षेत्रमा कांग्रेसको सम्पर्क कार्यालय उद्घाटनसँगै संगठन विस्तारलाई पनि गति दिइएको छ। टोल–टोलमा प्रत्यक्ष संवाद गर्दै यादवले स्थानीय आवश्यकताहरूको सूचीकृत संकलन सुरु गरेका छन्।
    स्थानीय विश्लेषकहरूका अनुसार पछिल्लो समय विभिन्न दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्नुले सिरहा–२ मा चुनावी समीकरण परिवर्तनको संकेत दिएको छ। यद्यपि अन्तिम निर्णय भने मतपेटिकाबाटै हुने भएकाले सबै दल सक्रिय रूपमा मैदानमा उत्रिएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह    
  • २०८२ फाल्गुन १६, शनिबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP