logo
  • २०८२ चैत्र १३ | Fri, 27 Mar 2026
  • सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त, १०० कार्यसूची स्वीकृत

    सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त, १०० कार्यसूची स्वीकृत

    काठमाडौं । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको स्रोतले बताएको छ।

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
    आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

    यसैगरी सरकारका प्रवक्ता पोखरेलले भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने समेत निर्णय भएको जानकारी गराए ।

    यी हुन् आज भएका मन्त्रिपरिषद् बैठकका चारवटा निर्णयहरु:
    १. जसमा २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।
    २.सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।
    ३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।
    ४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ चैत्र १३, शुक्रबार २०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP