logo
  • २०८२ फाल्गुन ३ | Sun, 15 Feb 2026
  • मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा भव्य, रामचन्द्र यादवको पक्षमा उत्साह

    मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा भव्य, रामचन्द्र यादवको पक्षमा उत्साह

    महेश सिंह लहान सिरहा- सिरहाको धनगढीमाई नगरपालिका–५ मोथियाहीमा नेपाली काङ्ग्रेसको चुनावी सभा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर–२ का काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादवको उपस्थितिमा आयोजित सभामा समर्थक तथा स्थानीय बासिन्दाको बाक्लो सहभागिता देखिएको थियो।
    कार्यक्रममा बोल्दै उम्मेदवार यादवले क्षेत्रको समग्र विकास, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचन जितेपछि पनि जनताको घरदैलोमै पुगेर समस्या समाधान गर्ने अठोट दोहोर्‍याए।
    चुनावी सभासँगै यादवले मोथियाहीसहित आसपासका बस्तीमा घरदैलो कार्यक्रमसमेत सञ्चालन गरेका थिए। स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले सुझाव, गुनासा र अपेक्षा सुनेका छन्।
    स्थानीय बासिन्दाहरूका अनुसार यादव काम गर्ने र जनतासँग नजिक रहने नेता हुन्। सभामा सहभागी समर्थकहरूले यसपटक काङ्ग्रेसलाई जिताएर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
    निर्वाचन नजिकिँदै जाँदा सिरहा–२ मा काङ्ग्रेस उम्मेदवार यादवको सक्रियता र चुनावी अभियानले थप गति लिएको देखिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह    
  • २०८२ फाल्गुन २, शनिबार ०३:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP