logo
  • २०८२ माघ १० | Sat, 24 Jan 2026
  • ट्याक्टर अनियन्त्रित भई पल्टिदा, चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु

    ट्याक्टर अनियन्त्रित भई पल्टिदा, चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु

    महेश सिंह, लहान। सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

    भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा  दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।

    छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ कार्तिक १०, बिहीबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP