logo
  • २०८२ फाल्गुन ३ | Sun, 15 Feb 2026
  • बेल्ही बि.ओ.पि.सशस्त्र प्रहरी निरिक्षक कटुवालद्वारा भारतबाट ल्याएका अबैध पटाका नष्ट

    बेल्ही बि.ओ.पि.सशस्त्र प्रहरी निरिक्षक कटुवालद्वारा भारतबाट ल्याएका अबैध पटाका नष्ट

    राम शंकर भण्डारी- 

    सप्तरी,बलान विहुल। बलान विहुल गा.पा. -४ मा रहेको सशस्त्र प्रहरी बल बि.ओ.पि. बेल्ही सशस्त्र प्रहरी निरिक्षक बसन्त कटुवा , प्रहरी चाैकी बेल्ही इन्चार्ज राज लाल महताे र वडा नं-४ काे वडा अध्यक्ष लक्ष्मी नारायण झा सम्पूर्णकाे राेहवरमा अबैध पटाकालाई माटाेमा पुरी नष्ट गरिएका छन्।

    भारत राज्य विहार नजिक लाैकहा बजारबाट सप्तरीको बलान विहुल गा.पा.,बाेदे बरसाईन र सुरुङा नगरपालिका लगाईतका सर्ब साधारणहरु दिपावलि , छठ पर्बको लागि सिमावति ईलाकामा ल्याउने गरेको अबैध पटाकालाई चेक जाँच गर्ने क्रममा अबैध पटाका नियन्त्रणमा लिएका थिए।

    अबैध पटाकाकाे बजार मुल्यांकन गर्दा रु. ३५४७४ बराबरको रहेका छन्। उक्त पटाकालाई जन प्रतिनिधिहरुकाे राेहवरमा नष्ट गरिएको बसन्त कटुवालले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ कार्तिक १०, बिहीबार १४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP