logo
  • २०८२ फाल्गुन ३ | Sun, 15 Feb 2026
  • सर्लाहीमा १६४ जनाको जमानत जफत

    सर्लाहीमा १६४ जनाको जमानत जफत

    जनकपुरधाम । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सर्लाहीमा १६४ जनाको जमानत जफत भएको छ । यस्तै उम्मेदवार बनेकाहरूमध्ये ३८ जनाले आफ्नो जमानत बचाउन सकेका छन्।

    प्रतिनिधिसभा र प्रदेशसभा गरी २०२ जना उम्मेदवार बनेकोमा ३८ जनाको जमानत बचेको जिल्ला निर्वाचन कार्यालय, सर्लाहीले जनाएको छ।

    जमानत बचाउनेमा राजनीतिक दलका ३० र ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस्तै, १६४ जनाको जमानत जफत भएको हो। जमानत जफत हुनेमा ६३ जना राजनीतिक दलका र १०१ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

    प्रतिनिधिसभातर्फ चारवटै क्षेत्रबाट ६९ जना उम्मेदवार रहेकोमा ११ जनाले आफ्नो जमानत बचाउन सफल भएका छन्। यस्तै, प्रदेशतर्फ १३३ जना उम्मेदवार रहेकोमा २७ जनाले आफ्नो जमानत बचाउन सकेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ मंसिर १७, शनिबार ०८:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP